कोहलपुर महोत्सव सम्पन्न, भव्य रुपमा सफल भएको आयोजकको दावी

बिधुत्मा रैका,
कोहलपुर, माघ ९,

बाँकेको कोहलपुरमा संचालित तेस्रो प्रादेशिक औद्योगीक, लघु, घरेलु कृषि तथा प्रबिधी प्रर्दशनी ब्यापार एब पर्यटन महोत्सब सम्पन्न भएको छ ।

महोत्सव मूल आयोजक समितिका अध्यक्ष्य हेम बिक्रम शाहीको अध्यक्षता तथा भूमि, व्यवस्था, कृषि तथा सहरकारी मन्त्री आरती पौडेलको प्रमुख आथित्यतामा महोत्सव सम्पन्न भएको हो । गतेदेखी ‘मेहनत सृजना, उत्पादन र बस्तुः मेरै लगानी’ भन्ने मुलनाराका साथ महोत्सव सुरु भएको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै मन्त्री पौडेडले महोत्सवले यस क्षेत्रका लघु ब्यवसायिहरुको प्रर्बधनको लागी महत्वपुर्ण हुने बताएकी छिन् । पौडेलले कोहलपुर क्षेत्रलाई उद्योग ग्रामको रुपमा बिकास गर्नको लागी पहल गर्नु पर्ने बताईन् । महोत्सवले जिल्लाका उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाएको मन्त्री पौडेलले भनाई थियो । उनले भनिन्,–‘कोहलपुरलाई उद्योग ग्राम बनाउनु पर्छ । उनले, महोत्सवले यस क्षेत्रका ब्यवसायिहरुको आर्थिक सम्बन्धलाई बिस्तार गर्नको लागी भुमिका खेलेको उललेख गरिन् । महोत्सवबाट यस क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको विकास तथा प्रचार प्रचारको लागी समेत टेवा पुगेको बताईन् ।

महोत्सवको समापन गर्दै जिसीले महोत्सव सफल पार्न आ–आफ्नो तहबाट साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । जिसीले जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसार गरी कोहलपुरलाई पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा विकास गरी समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको बताए । उनले बर्षाका कारणले गर्दा लक्ष्य भन्दा कम कारोबार भएको बताए ।

व्यापारिक दृष्टिकोणले समेत महोत्सव सफल भएको आयोजकले दाबी गरेको छ । कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव संचालन गरिएको हो । महोत्सवमा जिल्लामा उत्पादित कृषि उपज, पर्यटन घरेलु उत्पादनलाई मुख्य प्राथमिकता दिइएको थियो । महोत्सवको अवसरमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै जिल्लामा थारु जाति विशेष रहेका खाना परिकार, विभिन्न संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिएको थियो । महोत्सवमार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगीत, कला, कौशल सीपको संरक्षण सम्वद्र्धन गर्ने, परम्परागत वेषभूषालाई उजागर गरिएको थियो । महोत्सव पुष २४ गतेबाट सुरु भएपनि मौसमका कारण महोत्सवमा लक्ष्य भन्दा कम कारोबार आयोजकले बताएको छ । महोत्सव माघ ५ गते सकिने भनिएपनि ३ दिन थप गरिएको हो ।

महोत्सवमा व्यवसायीहरुबाट १ करोड २० लाख बराबरको कारोबार गर्ने लक्ष्य रहे पनि महोत्सव अवधिभर अनुमानित जम्मा ७० लाख बराबर कारोबार भएको भएको छ । आयोजकले लगभग एक लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखेको थियो, तर एक लाख हाराहारीमा दर्शकहरुले अवलोकन गरेको हुन सक्ने अनुमान गरिएको छ । यसैबीच समापन कार्यक्रममा नगरस्तरीय नृत्य प्रतियोगितामा बागेश्वरी एकेडेमी प्रथम भएको छ भने निम्बल एकेडेमी स्कुल द्धितीय र ग्रिन पिस माध्यामिक विद्यालय तृतिय भएको छ । महोत्सव अवधिभर अवलोकन गर्न आउने दर्शक कोहलपुर कौशिलानगरकी बृद्ध ८९ वर्षीया तिर्था पुनलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *