सरकार निर्माणबारे एमालेसँग कुनै छलफल भएको छैन: उपेन्द्र यादब

काठमाडौं,१० पुस :  सरकार निर्माणबारे एमालेसँग कुनै छलफल नभएको संघीय समाजवादी फोरमले जनाएको छ ।फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई भेटे पनि सरकार निर्माणको बिषयमा कुरा हुन नपाएको बताएका छन् ।

मिडियाहरुमा आएको समाचारको खण्डन गर्दै उनले सरकारमा जाने र एमाले मिलेर सरकार बनाउने बारे कुनै कुरा नभएको बताए । साथै आफूहरुका माग अनुसार संविधान संशोधन नभए आफु सरकारमा जानुको कुनै औचित्य नहुने उनको भनाइ थियो ।

प्रमुख तिन दलहरुको कारण देशमा राजनीतिक अस्थिरता बढिरहेको समेत उनले आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *