प्रतिनिधिसभा बैठकमा सभामुखको चुनाव गराउने बाटो खुल्यो

कोहलपुर, माघ ६,

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकबाट सभामुख चयनको प्रक्रिया अगाडी बढ्ने छ । ४ महिनादेखि सभामुख विहीन रहेको प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको थियो । संसद सचिवालयका एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि गत असोज १४ गते पूर्व सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै सभामुख पद रिक्त छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दावी गर्दै आउनुभएको बेला नेकपाले हिजो स्थायी कमिटी सदस्य अग्नीप्रसाद सापकोटलाई सभामुखको उम्द्वार बनाउने निर्णय गरेको छ ।

सचिवालय बैठकले सापकोटालाई सभामुखको उमेद्वा बनाउने निर्णय गरेसँगै सभामुख चयनको विषयलाई लिएर सत्तारूढ दल नेकपामा देखिएको शक्तिसंघर्ष टुंगिएको छ  । नेकपा सचिवालय बैठकले हिजो स्थायी कमिटी सदस्य सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो । अब प्रतिनिधिसभालाई सभामुखको चुनाव गराउने बाटो खुलेको छ । यसअघि नेकपाले सभामुखको उम्मेदवार तोक्न नसक्दा संसद् बैठक एक महिनामा चार पटकसम्म स्थगित भएको थियो । त्यसअघि दुई अध्यक्षबीच हिजो छललफल भएको थियो । सभामुखका लागि सिफारिस सापकोटा पछिल्लो २०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएर हाल प्रतिनिधसभामा सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *