आईतबारको महोत्सवमा भव्य रमाईलो, म्याद थपियो

बिधुत्मा रैका,
कोहलपुर, माघ ५,

आईतबार सकिने भनिएको कोहलपुर महोत्सवको म्याद ८ गतेसम्मको लागि सारिएको छ ।

कोहलपुरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव–२०७६ दुई दिन थप गरिएको हो । दर्शकहरुको मागअनुसार सोमबार र मंगलबार थप गरिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष हेम विक्रम जिसीको भनाई छ ।

‘मेहनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मुल नाराका पौष २४ गतेदेखी नेपाल घरेलु तथा साना उद्योग महासंघ नगरसमिति कोहलपुर र महिला उद्यमी समितको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ । लगातारको वर्षाका तथा वडा नम्बर १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको निधनमा शोक प्रकट गर्दै एक दिन महोत्सव स्थगित गरिएको थियो । महोत्सव दुई दिन थप गर्न जिल्ला प्रशासन कार्यालय बाँके र कोहलपुर नगरपालिकाबाट पनि अनुमति पाएको महोत्सव प्रचार प्रसार उपसमिति संयोजक एम.डि. कंडेलले जानकारी दिए ।

आईतबार महोत्सवको दशौ दिन लोकदोहोरी गायिका शान्तीश्री परियार, बसन्त लम्साल, सन्दिप न्यौपाने र हाँस्य कलाकार उमेश राई फुलन्देकी आमा लगायतले दर्शकहरुलाई आफ्नो प्रस्तुतीमा रमाईलो प्रदान गरेका छन् । फुलन्देकी आमाले दर्शकहरुलाई पेट मिचिमिचि हँसाएकी थिईन् भने सन्दिप र शान्तीले आफ्ना गीतमा दर्शकलाई भलुमाएका थिए । महोत्सव आगामी माघ ८ गते समापन हुने आयोजकले जानकारी दिएको छ ।

सोमबार बाल गायिकाका साथै चर्चित कलाकारको सहभागिता रहने भएको छ । कमला घिमिरे, गायिका टिका पुन, गायक कुलेन्द्र विश्वकर्मा, पारु केसी महोत्सवमा आउने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *