बुढीनन्दा नगरपालिकाको छड्के अनुगमन

कोहलपुर, माघ ५,

बाजुराको बुढीनन्दा नगरपालिका अन्र्तगतका शाखा कार्यालयमा कार्यरत कर्मचारी कार्यालयमा अनुपस्थित रहेका पाइएको छ ।

नगरपालिकाको अनुगमन टोलीले शुक्रबार गरेको छड्के अनुगमनका क्रममा नगरपालिका अन्र्तगतका विषयगत शाखा कार्यालयका कर्मचारी अनुपस्थिति रहेको पाइएको हो । विभिन्न शाखाका प्रमुखदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी करिब एक महिनादेखि कार्यालयमा अनुस्थित रहेको अनुगमन टोलिले फेला पारेको हो ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपाने नेतृत्वको अनुगमन टोलिले गरेको दैनिक हाजिरीको छड्के अनुगमनमा प्राथमिक स्वास्थ्य केन्द्रका १० जना, प्राविधिक शाखा अन्र्तगतका चार जना, आयुर्वेेद शाखा र कृर्षि शाखाका एक÷एक जना, नगरपालिकामा कार्यरत एक जना कर्मचारी र एकजना कार्यालय सहयोगी गरी डेढ दर्जन बढी कर्मचारी अनुपस्थित रहेका भेटिएको प्रशासन शाखाका प्रमुख गोकर्णराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य शाखाका सिनियर अहेव केशवराज गिरी एक महिनायता कार्यालयमा अनुपस्थित रहनुभएको छ । सिनियर अनमी देउमा धामी कार्यालयमा अनुपस्थित रहनुभएको दुई दिन भएको छ । त्यस्तै, गत पुस पुस १३ गतेदेखि अनमी चन्द्रा धामी, नगरपालिकाको प्राविधिक शाखाका ईन्जिनियर रामकृष्ण पाण्डे, मोहनराज गिरी, मोतिलाल विक, रत्न तिरुवा अनुपस्थित भेटिनुभएको हो ।

२० गतेदेखि स्टाफ नर्स गंगा खत्री र आयुर्वेद शाखाका अधिकृत सन्तोष कुमार शाह पनि अनुपस्थित रहनुभएको छ । स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक जसे ल्वार, अनमी सम्झना भण्डारी, विमला बुढा र अहेव लक्ष्मी भण्डारी गत बिहीबारदेखि कार्यालयमा नरहेको पाईएको अनुगमन टोलिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *