हिटर ताप्दा आगो सल्कियो, एक जनाको मृत्यु

१० पुस, काभ्रेको पनौती नगरपालिका वडा नं ५ स्थित छाला कारखाना नजिकै हिटरबाट आगो सल्किँदा एक जनाको ज्यान गएको छ ।

सुखदेव श्रेष्ठले मिजार टोलमा सञ्चालन गरेको कुखुरा फार्म नजिकै बनाएको टिनको टहरामा हिटर बालेर सुत्ने क्रममा आगो सल्किँदा भारतीय नागरिक सुजित जैसवालको मृत्यु भएको हो। आइतबार राति ११ बजेको समयमा सो घटना भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए। मृतक जैसवाल निर्माणसम्बन्धी काम गर्ने मजदुर हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *