२ सय ४५ चालक मापसे कारवाहीमा

१० पौष, २०७४
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २ सय ४५ चालकलाई कारवाही गरेको छ ।

महाशाखाले आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारवाही गरेको हो ।

आइतबार दिनभर उपत्यकामा १ हजार ५ सय वटा सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ती सवारी साधन कारवाहीमा परेका हुन् ।

महाशाखाका अनुसार लेन अनुशासन उल्लंगन गर्ने १ सय ४४ चालक कारवाहीमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *