रेडियोले प्रसारण गरेको छाउपडि विरुद्धको सामग्री प्रभावकारी बन्दै

कोहलपुर, पुष २६,

रेडियोले उत्पादन तथा प्रसारण गर्दै आएको रेडियो कार्यक्रम सुनेर आफूहरुले छाउ बार्न छोडेको बाजुराका महिलाहरुले बताएका छन् ।

उनीहरु आफू मात्र होईन, घरपरिवारका सदस्यलाई महिनावारीका बारेमा जानकारी पनि गराइरहेका छन् । रेडियो प्रसारण गरेको सामग्रीका कारण समाजमा छाउप्रथा विस्तारै हट्दै गएको स्थानीय महिलाहरुको भनाइ छ । महिलाहरुले अब अन्धविश्वास र कुरीतीविरुद्ध लाग्ने बताएका छन् ।

गाउँघरमा सचेतना जगाउनका लागि रेडियो प्रभावकारी माध्यम बनेको छ । शिक्षित र सदरमुकाममा बसिरहेका महिलाहरुले महिवारी बार्ने चलन छोडीसकेका छन् । छाउपडी अन्त्यका लागि रेडियो मात्रै नभई परिवार र समाजको पहल पनि आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *