श्रीलंका विरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खलामा भारतलाई

काठमाडौं, पुस १० । श्रीलंका विरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खलामा भारत बिजयी भएको छ ।

मुम्बईको वाङ्खडे रंगशालमा हिजो भएको अन्तिम ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा श्रीलंकालाई पाँच विकेटले हराएको भारतले टेष्ट, एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी तिनवटै शृङखला आफ्नो नाममा गरेको हो ।

हिजो भएको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले कमजोर प्रदर्शन गर्दै भारतलाई १ सय ३६ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा ब्याटिङ थालेको भारतले मनीष पाण्डेको ३२, श्रेयस ऐयरको ३० तथा रोहित शर्माको २७ रनको मद्धतले अन्तिम ओभेर्को ४ बल बाँकी छँदा ५ विकेट गुमाएर उक्त लक्ष्य भेटायो ।

भारतले हिजोको जितपछि ३ खेलको श्रृंखलामा क्लिन स्वीप गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *