ईन्टरनेसनल सिरिज ब्याडमिन्टनमा नेपाल स्वर्ण पदकबिहीन

१० पौष, २०७४
काठमाडौं : काठमाडौंमा सम्पन्न नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा घरेलु टोली नेपाल स्वर्ण पदक बिहीन बनेको छ ।

प्रतियोगिताको पाँचमध्ये तीन स्पर्धा पुरुष सिंगल्स, महिला डबल्स र मिक्स्ड डबल्समा भारतले उपाधि जित्दा चीनले महिला सिंगल्स र सिंगापुरले पुरुष डबल्समा उपाधि जितेको छ ।

नेपाली खेलाडीहरु मिक्स्ड डबल्समा मात्र फाइनलमा पुगेका थिए ।

फाइनलमा पुगेका दीपेश धामी र शोभा गौचनको जोडी भारतीय खेलाडीहरु भी देवलेकर र हरिका भेलुदुर्थीको जोडीसँग २१-१५ र २१-७ को सोझो सेटमा पराजित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *