क्यान्सर पिडित ४ वर्षिय बालकलाई बचाउन सामर्थ्य नेपालको अभियान

अछाम ,१०पौष – दार्चुला जिल्ला धुलेगडा गाबिस वाड नम्बर ७ का क्यान्सर बाट ग्रसित ४ वर्षिय रोशन धामीको सहयोगि संस्था सामर्थ्य नेपालले बचाउ अभियान थालेको छ ।
कलावति धामी र रामसिङ धामीका ३ छोराछोरि मध्य एक मात्र छोरा ४ वर्षिय बालक रोशन धामी क्यान्सर जस्तो भयानक रोगबाट ग्रसित बनेका छन ।उनलाइ उपचारका लागि धेरै रकम नै आवश्यकता पर्ने हुनाले उनलाई बचाउन सामर्थ्य नेपाल जस्तो सामाजिक परिचित सस्थाले सहयोग संकलनको लागि यो अभियान थालेको सस्थाका अध्यक्ष अर्जुन भुसालले बताए ।

अहिले बच्चाको भरतपुर चितवन स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । भुसालले बच्चाको लागि जस्तो सुकै सहयोग गर्न पनि सस्था तयार रहेको बताउनुभयो । सहयोगका लागि सम्पुर्ण सामाजिक अभियान्ता,संघ सस्थाहरु, राजनैतिक दल, दलका कार्यकर्ताहरु,कलेजहरु बिधालयहरु,विद्यार्थी बर्गहरु,सम्पुर्णमा सामर्थ्य नेपालले अनुरोध गरेको छ । सामर्थ्य नेपालले अहिले सामाजिक कार्य हरु तीब्र रूपमा गर्दै आइरहेको छ ।

सहयोगको लागि: सस्थाका केन्द्रिय अध्यक्ष अर्जुन भुसाल,मो:९८५५०५४३४१,ठेगाना :भरतपुर महानगरपालिका ४ चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *