स्थानियले भौतिक संरचना हटाउन नमान्दा वीरगन्ज-पथलैया सडक निर्माणको काम अवरुद्ध

१० पौष, २०७४
बारा : बाराको पथलैयादेखि पर्साको वीरगन्जसम्मको ६ लेनको व्यापारिक मार्ग निर्माणको काम अवरुद्ध भएको छ । सडक आसपास २५ मिटरभित्र निर्माण भएका संरचना हटाउन स्थानीयले अटेर गरेपछि व्यापारिक मार्ग निर्माणको काम अवरुद्ध भएको हो ।

व्यापारिक मार्गमा पर्ने जितपुर बजारको डेढ किलोमिटरभित्रका दर्जनौं व्यायापारिक संरचना र पक्की घर हटाउन स्थानीयले अटेर गरेका हुन् । पथलैया–वीरगन्ज औद्योगिक करिडोरअन्तर्गत पथलैयादेखि सुख्खा बन्दरगाहसम्म ६ लेनको सडक निर्माण गर्न सरकारले २०७३ साल असार २९ गतेदेखि काम थालेको थियो ।

निर्माण सुरु भएदेखि नै आयोजनाले संरचना हटाउन पटक–पटक गरेको आग्रहलाई जितपुरबासीले अवज्ञा गर्दै आएका छन् । स्थानीयबासीले भौतिक संरचना हटाउँदा क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन् ।

पथलैया, सिमरालगायतका क्षेत्रका बासिन्दाले भने यसअघि नै आफ्ना संरचनाहरु हटाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *