कालीकोटमा ३ दिनदेखि जारी कर्फ्यु हट्यो, छानविन समितिले आजैबाट काम सुरू गर्दै

१० पौष, २०७४
कालीकोट : कालीकोटमा केहि दिनदेखि लगाइएको कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको हो ।

७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनावग्रस्त कालीकोटमा सोही दिन (शुक्रबार)बाट नै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको थियो ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेर आन्दोलन चर्काएपछि कर्फ्यु लगाइएको थियो ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव डा.मानबहादुर विकको संयोजकत्वमा सरकारले गठन गरेको समिति कालीकोट पुगेपछि कर्फ्यु हटाइएको हो ।

समितिले सोमबार नै दुवै पक्षबीच छलफल गर्ने छ । कर्फ्यु हटाइएको भएपनि प्रशासन असपासमा भने निषेधित क्षेत्र कायमै राखिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जानकारी दिएको छ ।

मृतक परिवारलार्इ सरकारकारले १० लाख क्षतिपूर्ति दिने निर्णय यस अघि नै गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *