क्रिसमसको शुभकामना दिदैं प्रधानमन्त्रीले भने : ‘येशुको त्याग र बलिदान सबैका लागि प्रेरणा’

१० पौष, २०७४
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिस्चियन धर्मका प्रवर्तक येशु ख्रिष्टको त्याग र बलिदानी सबैका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गरेका छन् ।

क्रिसमस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ख्रिष्टीयनमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले भनेका छन्,’येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन्, उहाँले देखाउनुभएको त्याग र बलिदानीको उदाहरण हामी सबैका लागि प्रेरणाको स्रोतका रुपमा रहनेछ भन्ने मेरो विश्वास छ ।’

प्रधानमन्त्री देउवाले नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको पनि बताएका छन् ।

नेपालमा सबै धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान प्रकट गरिँदै आएको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *