काव्य मुशायरामा कृष्णप्रसाद अर्याल र प्रकाश रम्घालीलाई सुनिने

गजल र कविता वाचनको शृंखला काव्य मुशायराको नवौं शृंखलामा गजलकार कृष्णप्रसाद अर्याल र कवि प्रकाश रम्घाली सुनिने भएका छन् । काव्य मुशायरा समुहले आयोजना गर्ने यो कार्यक्रममा हरेक शृंखलामा एक जना कवि  र एक जना गजलकारका गजल र कविताहरु सुनिने गरिन्छ ।

गजल कविता लेखिरहेका श्रष्टाहरुलाई टिकटमा सुन्ने परम्पराको विकास गर्न र लेखनमा सक्रिय श्रष्टाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम संचालन हुँदै आएको छ ।

गुल्मी घर भएका कृष्णप्रसाद अर्याल हाल अध्यनको सिलसिलामा देवघाट तनहुँमा बस्दै आएका छन् । देवघाटमा बसेर साहित्य सृजनामा सक्रिय अर्यालले नेपाली गजलमा राम्रो प्रभाव छोड्दै आएका छन् भने तनहुँ घर भएका प्रकाश रम्घाली काठमाडौँमा बसेर काव्य साधना गरिरहेका छन् ।  पुस १५ गते मण्डला थिएटर अनामनगर,काठमाडौँमा हुने काव्य मुशायरामा प्रवेश शुल्क रू १०० रहेको आयोजकले बताएको छ ।

                                 काव्य मुशायराका आजसम्मका शृंखलाहरु

पहिलो
गजलकार:  ज्ञानुवाकर पौडेल
कवि: नवराज पराजुली

दोस्रो
गजलकार: कमल संघर्ष
कवि: हेम प्रभास
तेस्रो
गजलकार: विनोद अनुज
कवि: सोझो गाँउले
चौथो
गजलकार: करूण थापा
कवि: परदिप भट्टराइ

पाँचाै

गजलकार: अनन्त अनुराग
कवि: केवल विनावी
छौटौँ
गजलकार: बुँद राना
कवि: राजेन्द्र थापा

सातौँ
गजलकार: गणेश भट्ट अणु
कवि: मनोज भण्डारी

आठौँ
गजलकार: राम अविरल
कवि: असिम सागर

Leave a Reply

Your email address will not be published. Required fields are marked *