अमेरिकामा सम्पन्न भयो गजल महफिल

डालस, १२ नोवेम्बर, डालस शहरमा ‘श्रष्टा साँझ’ को आयोजनामा गजल विशेष कार्यक्रम सम्पन्न भएको छ । स्थानीय गजल सर्जकहरूले माहौल तताएका थिए । गजलको बढ्दै गरेको लोकप्रियता र चासोलाई सम्बोधन गर्दै कार्यक्रम गरिएको आयोजकले बताएको छ ।

गजल विशेष कार्यक्रममा गजलकार पवन लामिछाने, बासु अधिकारी, आनन्द खनाल र राधाकृष्ण काफ्ले लगायतले चार चरणसम्म गजल प्रस्तुत गरेका थिए । सबै गजलकारको बेजोड प्रस्तुती रहेको कार्यक्रमको सन्चालन स्थानीय समाजसेबी महिला हस्ताक्षर इरा आचार्यले गर्नु भएको थियो । सो कार्यक्रममा कार्यक्रमको औचित्य र विकासको बारेमा प्रष्ट पार्दै कथाकार प्रभात दिक्षितले स्वागत मन्तव्य राख्नुभयो भने समालोचक वेदनिधि दाहालले कार्यक्रमको समिक्षा गर्दै कार्यक्रम सफल पारिदिनु भएकोमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु गर्नुभएको थियो । गजल प्रस्तुतीमा ध्यान दिदै सम्पूर्ण गजलकारले कार्यक्रम सभ्य र भब्य बनाएका थिए ।

कार्यक्रमको पहिलो चरणमा प्रा. डा. रमेश भट्टराई (के. नेपाली शिक्षण बिभाग त्रि.वि., नेपाल)ले अनलाइनबाटै अतिथिका रूपमा सहभागी भई ब्रिटिस साहित्यकार William Wordsworth (1717-1797) र नेपालका महाकवि लक्ष्मी प्रसाद देवकोटा बिच समानता र बिबिधताका माथि प्रकाश पार्नुभएको थियो ।

अमेरिकामा बस्ने नेपाली भाषि साहित्यिक सर्जकहरुले नियमित रुपमा रचना सुन्ने सुनाउने कार्मक्रम गर्दै आएको युवा गजलकार पवन लामिछानेले इआवाजलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *