फिलिपिन्सको एक सपिङ मलमा भीषण आगलागी, ३७ भन्दा बढीको मृत्यु

९ पौष, २०७४
काठमाडौं :  फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक सपिङ मलमा आगलागी हुँदा ३७ जनाभन्दा बढीको मृत्यु भएको छ ।

राजधानी मनिलाबाट ८ सय किलोमिटर दक्षिण पूर्वमा रहेको दाभाओको सपिङ मलमा आगलागी भएको हो ।

सपिङ मलका बजार व्यवस्थापक जन्ना अब्दुल्लाह मुतालिबका अनुसार मलको तेस्रो तलाबाट आगलागी सुरु भएको थियो । सो तलामा फर्निचर, कपडा तथा भाँडाकुँडाहरुको बिक्रि केन्द्र रहेकोले आगो छिट्टो फैलिएको उनले बताए ।

सपिङ मलको चौथो तलामा रहेको कल सेन्टरमा रहेका धेरै कर्मचारीको मृत्यु भएको हुनसक्ने स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

कल सेन्टरमा फसेका कर्मचारीको जीवित रहने सम्भावना शून्य रहेको सरकारी अधिकारीले बताएका छन् । सपिङ मलभित्र फसेकाहरुको खोजी र उद्दार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

यसैबीच राष्ट्रपति रोड्रिगो ड्युटर्टले फसेका व्यक्तिका परिवारसँग भेट गरेका छन् । आगलागीको कारण थाहा भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *