को हुन् ? बामदेवलाई पछार्ने सञ्जय कुमार गौतम

काठमाडौँ ,९ पुस – सिँचाइ मन्त्री सञ्जय कुमार गौतम नेपाली कांग्रेस बर्दियाका जिल्ला सभापति हुनुहुन्छ । बर्दियाको सदरमुकाम गुलरीया निवासी गौतम २०२० बैशाख १२ गते जन्मनु भएको हो । गौतमले स्नातक तह सम्म अध्ययन गर्नुभएको छ । गौतम २०६२, ०६३ को जनआन्दोलन परिचालन समिति बर्दियाको अध्यक्ष समेत रहनु भएको थियो । बर्दियाको क्षेत्र नम्बर २ बाट २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित हुनुभएका गौतम २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने पराजित हुनभएको थियो ।

गौतमले २०३६ सालको आन्दोलनसँगै नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गर्नु भएको हो । गौतमले राजनैतिक जीवनकालमा केही समय जेल जीवन समेत बिताउनु भएको थियो ।

पूर्वप्रधानमन्त्री स्वर्गीय गिरीजा प्रसाद कोइराला र स्वर्गीय सुशील कोइरालाको अनुयायीका रुपमा नजिक भएर राजनितीक यात्रामा अघि बढ्नुभएका गौतम शालिन भद्र र स्पष्ट वक्ता नेताका रुपमा बर्दियाली माझ परिचत हुनुहुन्छ ।

उहाँको बुवा, श्रीमती र ३ छोरी छन् । ७ वर्ष सम्म नेपाली कांग्रेसको जिल्ला सचिव हुनुभएका गौतम लगातार तीन पटकसम्म जिल्ला सभापति हुनुभएको छ । उहाँको पेसा राजनीतिसँगै कृषि पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *