पार्टी एकता हुन्छ : प्रचण्ड
चितवन, पुस ९ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा गठनमा देखिएको विवाद छिट्टै समाधन हुने बताउनुभएको छ । चितवनको सप्तगाण्डकी क्याम्पसमा आइतबार बिहान भएaको कार्यक्रममा उहाँले समस्या समाधानका लागि आफूहरु लचक भएको बताउनुभयो ।
अबको एकदुई दिनमा समस्या समाधान हुने प्रचण्डको भनाई छ । समस्या समाधानका लागि अझै एक दुई दिन छलफल गर्ने र निर्वाचन आयोगले गर्ने काम गर्दै लाने उहाँले बताउनुभयो । एकल संक्रमणीय प्रणाली र बहुमतीय प्रणाली के मा जाँदा पीछडिएका वर्गको प्रतिनिधित्व हुन्छ त्यही अनुसार नै आफूहरु अघि बढ्न तयार रहेको उहाँको भनाई छ ।
यस्तै अर्को प्रसंगमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग पार्टी एकता गर्ने अन्तिम तयारी भैरहेको जानकारी दिनुभयो । एमाले र माओवादीलाई एक हुन नदिन विभिन्न शक्ति सक्रिय भएको उल्लेख गर्दै उहाँले त्यस्ता शक्तिलाई परास्त गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो ‘पुल बाँकी राख्दा फेरि फर्कने बाटो हुने भएकाले हामीले पुल नै भाँचेर अघि बढेका छौँ । अब फर्कने सम्भव छैन पार्टी एकता हुन्छ हुन्छ ।’