राष्ट्रपतिको राजनीतिक परामर्श जारी, फोरम अध्यक्ष यादवद्वारा अध्यादेश स्वीकृत गर्न सुझाव

९ पौष, २०७४
काठमाडौं : राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका विषयमा राजनीतिक दलहरुबीच विवाद बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्श जारी राखेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज तराई केन्द्रित दलका नेताहरुसँग परामर्श गरेकी छिन् उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग परामर्श गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शितल निवासमै बोलाएर राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशका विषयमा छलफल गरेकी हुन् ।

त्यस क्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश स्वीकृत गरी राजनीतिक निकास दिन राष्ट्रपतिलाई सुझाव दिएको बताए ।

राष्ट्रपति भण्डारीले आजै राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्ने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *