विश्वकै होचा कलाकार दिपेन शाहको निधन

काठमाण्डौं, ३० कार्तिक, चर्चित हाँस्य टेलिश्रृंखला ‘झ्याईकुटी झ्याँइ’ बाट दिपेन सरको रुपमा चिनिएका कलाकार दिपेन शाहको आज विहान ७ बजे ललितपुर इमाडोलस्थित किस्ट हस्पिटलमा निधन भएको छ ।

३१ इन्च मात्र अग्ला रहेका शाह संसारकै होचा व्यक्तिको रुपमा चिनिदै आएका थिए । उनले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका उनी ललितपुर स्थित डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।


केहि समयअघि दुवै खुट्टामा हड्डीभित्रको मासीको कमि भएका कारण उनको उपचारका लागि करिब ५० लाख रकम लाग्ने भएपछि ‘म बाँच्न चाहन्छु, मलाई बचाउनुहोस्’ भन्दै सहयोगको अपिल पनि गरेका थिए ।

केही दिनअघिदेखि निरन्तर रुपमा ज्वरो आउन थालेपछि उनलाई आस्पताल भर्ना गरिएको थियो । परिवारका अनुसार उनको दुबै मृगौलाले काम गर्न नसक्ने भएपछि उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो बताएको छ ।
दिपेन शाहले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफुलाई विश्वकै सबैभन्दा होँचो कलाकारका रुपमा नाम लेखाउन प्रयास थालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *