मोटरसाइकल चढ्नुहुन्छ भने होसियार कारबाही हुनसक्छ

मोटरसाइकल चढ्नुहुन्छ ? त्यसो  भए होसियार कारबाहीमा पर्नुहोला । अब देखि मुटु नै थर्किने चर्काे आवाजमा गुड्ने मोटरसाइकलक  चालकहरु  कारबाहीमा पर्ने भएका छन् ।

चर्काे आवाज निकालेर गुड्ने केहि मोटरसाइकको आवाजले पैदलयात्रु र सडक किनाराका व्यवसायीलाई असर परेको गुनासो दिनदिनै बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्यस्ता चालकहरुलाई कारबाही गर्ने  तयारी अगाडि बढेको छ ।केही कम्पनीका मोटरसाइकलको इनिजनले अलिक ठूलो आवाज निकाल्ने गरे पनि त्यो धेरै कर्कस नहुने महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *