गुमनाम हनी सिंह दुई वर्ष सार्वजनिक

नयाँ दिल्ली एजेन्स – बलिउडका चर्चित गायक यो यो हनी सिंह बाइपोलर डिसअर्डरका कारण दुई वर्षदेखि गुमनाम थिए। उनको कुनै पनि तस्बिर सार्वजनिक भएको थिएन्। तर, केही समयअगाडि मात्र उनी राजधानी दिल्लीमा एउटा पार्टीमा देखा परेका छन्। हनी यो पार्टीमा अभिनेता सुरज पाञ्चोलीसँग देखा परेका थिए। तस्बिरमा हनीले टोपी पहिरिएका छन्। उनको लामो कपाल स्पष्ट देखिएको छ।

हनी सिंह लामो समयदेखि मिडियाबाट बाहिर रहे पनि उनले बेला बेलामा सोसल मिडियामार्फत आफ्नो प्रोजेक्टको बारेमा सबैलाई जानकारी दिँदै आइरहेका थिए। नयाँ जानकारी अनुसार उनी छिट्टै अर्को गीतमा देखा पर्दैछन्। हनीले कार्तिक हार्यनको फिल्म ‘सोनु के टिटु कि स्विटी’ का लागि ‘दिल चोरी साडा’ गीत गाएका छन्। यो पार्टी नम्बर हो, जुन पञ्जाबी गायक हंस राज हंसको गीतको रिमिक हो। यो गीत २६ डिसेम्बरमा रिलिज हुँदैछ।

हनी सिंहको ‘लुंगी डान्स’, ‘चार बोतल भोड्का’, ‘ब्लु आइज’ जस्ता चर्चित गीत छन्। रोगका कारण पछिल्लो समय उनले गीत गाउन छोडेका थिए। उनले एउटा अन्तर्वार्तामा अत्याधिक रक्सी सेवनका कारण यो रोग उनलाई बल्झेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *