फिलिपिन्सको आँधीमा मर्नेको संख्या १ सय ८० नाघ्यो,हजारौ बेपत्ता

काठमाडौं,९ पुस  । फिलिपिन्समा शुक्रबार आएको विनासकारी  आँधीमा परी मृत्यु हुनेहरुको संख्या १ सय ८० पुगेको छ । मिन्दानाओमा आएको ‘टेमबिन’ नामक आँधीका कारण अरु कैयौं बेपत्ता भएको फिलिपिन्सी अधिकारीहरूले जनाएका छन् ।

आँधीका कारण विस्थापित भएका  ५० हजारभन्दा बढीको उद्दारको लागि  घटनास्थलमा उद्धारकर्मी खटिएका छन् ।

उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ । सयौँ घरहरु ध्वस्त भएका छन् भने कतिपय गाउँ नै मासिएका छन् ।

फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने गरेको छ । यस आँधीको कारण सयौँ व्यक्तिको मृत्यु हुनेगरेको छ ।

अहिलेको आँधीले कारण पनि लाखौं स्थानीय वासिन्दा प्रभावित भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *