अजय सुमार्गीको २२ अर्ब अवैध

काठमाडौँ, ९ पुस । व्यापारी अजयराज सुमार्गीले विदेशबाट ल्याएको र पुनः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अवैध रहेको सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनले देखाएको  छ ।

समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका अधिकारीले गरेको अनुसन्धानले २२ अर्ब अवैध रहेको पुष्टि गरेको हो ।

‘सुमार्गीले तीन वर्षयता ४२ पटक गरी करिब ११ अर्ब ५० करोड रुपैयाँ ल्याइसकेका छन् भने थप ११ अर्ब रुपैयाँ एफडीआईका रुपमा भित्राउन खोज्दैछन्, उच्च नेताहरुसँग निकट सम्वन्ध राख्न सफल सुमार्गीमाथि अनुसन्धान नै हुन सकेको छैन ।

कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *