ब्रोइलरको कुखुराको मासुको मूल्य फरक–फरक

कोहलपुर, कात्तिक ४,

दाङका बजारमा ब्रोइलर कुखुराको ताजा मासुको मूल्य पसलै पिच्छे फरक, फरक देखिएको छ ।

बजारमा फ्रेस मासुको मूल्य एकरुपता हुन नसक्दा उपभोक्ता मारमा परेका छन् । बजारमा प्रतिकेजी फ्रेस मासुको मूल्य २ सय ५० देखि २ सय ९० रुपैँयासम्म रहेको उपभोक्ताले गुनासो गरेका छन् । व्यवसायीहरुले आफुखुशि मूल्य कायम गर्दा समेत सम्बन्धित निकायले ध्यान दिन नसकेको उपभोक्ताले बताएका छन् ।

यता मुल्य एकरुपता गराउन कुखुरा व्यवसायीहरु बिच नै बिवाद देखिएपछि मासुको मूल्य फरक–फरक रहेको कुखुरा व्यवसायी समिति तुलसीपुरले जनाएको छ । मूल्य एकरुपता ल्याउने विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेकोे समितिल स्वीकार गरेको छ । मासु व्यवसायीले मनपरी मूल्य कायम गर्दा पनि स्थानिय सरकारले कुनै चासो दिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *