बैतडीमा ३ स्थानीय तहमा प्रहरी चौकी स्थापना हुने

कोहलपुर, कात्तिक ४,

बैतडीका तिन स्थानीय तहमा प्रहरी चौकी स्थापना हुने भएको छ ।

जिल्लाका सुर्नया, डिलाशैनी र शिवनाथ गाउँपालिकामा प्रहरी चौकी स्थापना हुने जिल्ला प्रहरी कार्यायलय बैतडीले जनाएको छ । सुर्नया गाउँपालिका वडा नं ५को रौलेश्वर, डिलाशैनी गाउँपालिकाको वडा नं ७ को धामी गाउँ र शिवनाथ गाउँपालिकाको वडा नं ५ शुल्लेखानमा १५÷१५ जानाको दरबन्दी रहने गरी स्थायी प्रहरी चौकी स्थापना हुने भएको हो ।

यद्यपी ति ठाँउहरुमा पहिले अस्थाइ प्रहरी चौकीको रुपमा सुरक्षा प्रदान गरिदै आएको थियो । बैतडीमा ४ सय ३० जानाको प्रहरी दरबन्दी रहेकोमा अब ४५ जना थप गरी ४ सय ७५ जनाको दरबन्दी कायम भएको छ । तर दरबन्दी अनुसारको प्रहरी छैनन् । ४ सय ३० पुरानो र नया थप ४५ गरी ४ सय ७५ जान प्रहरीको दरबन्दी रहेपनि हाल ३ सय ४० जना मात्रै प्रहरी रहेका छन् । दरबन्दी अनुसारको प्रहरी नहुदा सुरक्षामा चुनौती थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *