भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईँदै

कोहलपुर, कात्तिक ३,

आईतबार पनि देशभरिका बालबालिकाहरूलाई भिटामिन ‘ए’ खुवाईँदैछ ।

जन्मेको ६ महीनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), खुवाईँदैछ । छ महिनादेखि दुई वर्षभित्रका बालबालिकालाई बालभिटा र पाँच वर्ष मुनिका बालबालिकाको पाखुराको नाप लिइने स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले जनाएको छ ।

शनिबार खान छुटेका बालबालिकालाई आईतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *