आदिवासी जनजातीको आन्दोलन जुनसुकै बेला हुन सक्ने

कोहलपुर, कात्तिक ३,

नेपाल आदिवासी जनजाती महासंघले जुनसुकै बेला आन्दोलन गर्न सक्ने चेतावनी दिएको छ ।

आफ्नो पहिचान र अधिकारको लागि वर्षौदेखि संघर्षमा उत्रिएपनि संविधानमा नाम मात्रको सम्बोधन भएकाले आन्दोलन जुनसुकै बेला हुन सक्ने परिवेश बन्दै गएको महासंघले जनाएको छ । नेपालको कुल जनसंख्याको ३५ प्रतिशत अर्थात् ९३ लाखको हाराहारीमा रहेको आदिवासी जनजातीहरु ठूला राजनितिक दलहरुले आफ्ना माग सम्बोधन गर्न नसक्दा अझैं राजनैतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, कुटनितिक लगायतका क्षेत्रमा पछाडी पारिएको नेपाल आदिवासी जनजाती महासंघले जनाएको छ ।

जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने, आत्मनिर्णयको अधिकार र जातीय पहिचानको आधारमा राज्यको संघीय संरचना बनाउनुपर्ने माग आदिवासी जनजातीहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *