बारा प्रहरीद्वारा १५ कठा क्षेत्रफल जग्गामा रहेको गाँजाखेती नष्ट

कोहलपुर, कात्तिक ३,

बारा स्थित १५ कट्ठा क्षेत्रफलमामा लगाईएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ ।

जितपुर सिमरा उप महानगरपालिका १० नयाँ बस्तीमा लुकाई छिपाई लगाईएको गाँजाखेती हिजो प्रहरीले नष्ट गरेको हो । विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट गएको प्रहरी टोलीले नयाँ बस्ती स्थित १५ कट्ठामा लगाइएको गाँजाखेती नष्ट गरेको हो ।

एसपी खनालको सकृयतामा यसअघि बाराको निजगढ रतनपुरी क्षेत्रमा लुकाई छिपाई लगाईएको सात बिगाहा गाँजाखेती दुई पटकमा नष्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *