ब्रेक्जिटबारेको सहमति सम्बन्धी विधेयक सांसदहरू समक्ष प्रस्तुत गर्ने

कोहलपुर, कात्तिक ३,

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली सङ्घ (इयू) छाड्ने ब्रेक्जिटबारेको सहमति सम्बन्धी विधेयक आउँदो साता सांसदहरू समक्ष प्रस्तुत गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री जोनसनले ब्रिक्जिट थप विलम्ब हुन नदिन विधेयक प्रस्तुत गर्न लागेको बताए । संसद्मा हिजो भएको महत्त्वपूर्ण मतदानमा हार बेहोरे पनि आफू आफ्नो ब्रेक्जिट–नीतिमा ‘अविचलित’ रहने उहाँले दृढता व्यक्त गरे ।

प्रधानमन्त्री जोनसन सहमति विनाको अर्थात् नो–डिल ब्रेक्जिटको सम्भावनालाई अघि बढाउन चाहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *