नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज दोस्रो मैत्रीपूर्ण भलिबल खेल्दै

कोहलपुर, कात्तिक ३,

थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमले दोस्रो मैत्रीपूर्णमा थाइल्याण्डको बैंकक युनिभर्सिटी टिमसँग खेल्न लागेको हो । नेपाल र युनिभर्सिटीबीचको खेल अपराह्न ४ बजेपछि हुनेछ ।

यस अघि नेपालले शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको थियो । नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *