जुम्लामा स्याउबाट ३४ करोड आम्दानी

कोहलपुर, कात्तिक १,

जुम्लामा यस वर्ष स्याउबाट ३४ करोड रुपैयाँ बराबरको आम्दानी भएको छ ।

असोज मसान्तसम्मको तथ्याङ्क अनुसार ३४ करोड रुपैया बराबरको स्याउ बिक्रि भएको कृषि विकास कार्यालय जुम्लाले जनाउको छ । यस वर्ष जुम्लामा १२ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ८ हजार ५ सय ४७ मेट्रिक टन स्याउ बिक्रि भएको छ ।

जुम्लाका किसानले यस वर्ष एभरेजमा प्रतिकिलो ४० रुपैयामा स्याउ बिक्रि गरेका हुन् । ३ हजार ७ सय हेक्टर जमिनमा स्याउ खेती गरिएकोमा १ हजार ४ सय ८० हेक्टर जमिनमा स्याउ फल्ने गरेको छ । जुम्लामा उत्पादन भएको अर्गानिक स्याउ काठमाण्डौँ, सुर्खेत र नेपालगञ्ज सम्म पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *