परीक्षणका लागि गायव भएको सुन खोज्न छानविन समिति

कोहलपुर, कात्तिक १,

परीक्षणका लागि संकलन गरिएको सुन नै गायब भएको सार्वजनिक भएपछि छानबिन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन समिति बनाएको छ ।

विभागका कानून उपसचिव भगवान श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको विभागले जनाएको हो । गायब गरिएको भनिएको सुनको अवस्थाबारे अध्ययन गर्न समितिलाई जिम्मेवारी तोकिएको छ ।

सुन र चाँदीमा मिसावट हुने गरेको विषयमा २०६९ सालदेखि अनुगमन गरेर परीक्षण गर्न भन्दै तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले देशभरका सुन पसलबाट नमूना सुन संकलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *