शिक्षाकाे नाजुक अवस्था, चिट चोर्न पनि सिकाउनुपर्ने

शिक्षाविदले सबै तहका विद्यार्थीलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्न  सुझाव दिएका छन । शिक्षाविद डा. विद्यानाथ कोइराला संयोजक रहेको १५ सदस्यीय शिवाविदको विज्ञ टोलीले तयार पारेको सुझाव मस्यौदामा यस्तो सुझाव दिइएको हो ।

शिक्षाविद कोइराला एमफिल पढाउँदाको आफ्नो १० वर्षको अनुभवले यस्तो सुझाव दिन उपयुक्त लागेको बताउँछन् । ‘हामीले चिट नचोर्न दबाव दियौं भने विद्यार्थीले जबरजस्ती चिट चोर्नेतर्फ ध्यान केन्द्रित गर्छन्,’ यदी उनीहरुलाई यसमा खुला छाडियो भने उनीहरु यसतर्फ कम ध्यान दिन्छन्,’ कोइरालाले भने ।

तर, विज्ञ टोलीका सदस्यसचिव समेत रहेका शिक्षा मन्त्रालयका प्रवक्ता डा। हरि लम्सालले भने यो उच्च शिक्षा अध्ययनमा ओपन र प्रयोगात्मक किसिमको परीक्षा लक्षित सुझाव भएको बताउँछन् ।

नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *