धान पाक्ने समयसम्म बाला नलाग्दा किसान चिन्तित

कोहलपुर, असोज २७,

कपिलवस्तुको शिवराज नगरपालिकामा किसानले लगाएको धानमा बाला नलाग्दा किसान चिन्तित बनेका छन् ।

विगतको वर्षमा राम्रो उत्पादन भएको धान यस वर्ष पनि राम्रो नै हुने अपेक्षा सहित खेतमा मल, पानी लगाउँदा पनि धान पाक्ने बेला सम्म बाला नलाग्दा उनीशरु चिन्तित भएका हुन् । कपिलवस्तुकै वाणगंगाका किसानहरुको पनि यहि जातको धान नपसाएको भन्दै किसानले क्षतीपुर्ती पाउनुपर्ने भन्दै नगरपालिकामा डेलिकेशन समेत गएका थिए ।

जिल्लाका अधिकाश खेतमा लगाइएको ‘हाइब्रिड’ गरिमा जातको धानको बाला लगाउन नसकेपछि कृषक चिन्तित बनेका हुन । उक्त धान १ सय ३५ दिनमा पाक्नुपर्ने भएपनि हाल सम्म धान नपसाउदा किसानहरु चिन्तित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *