अमिलो जातका फलफूलबाट आम्दानी न्युन

कोहलपुर, असोज २६,

बगैंचाको ह्रास र विभिन्न भाइरस जन्य रोगका कारण मध्यपहाडी क्षेत्रमा सुन्तला उत्पादन र गुणस्तर खस्कदै गएको छ ।

रोगमुक्त विरुवा उत्पादन र बगैंचा विस्तार गर्न नसकेकै कारण मध्यपहाडी क्षेत्रका किसानले अमिला जात फलफूल खेतिबाट सोचे अनुरुप फाइदा लिन नसकेको पाइएको छ । कृषि बैज्ञानिक, प्राविधिक र उपयूक्त प्रविधिको पहँच बाहिरका किसान अहिले पनि पुरानै ढंगले नर्सरी तयारी र बगैचा बिस्तार गरिरहेका छन् । परम्परागत प्रविधिको भर पर्दा पछिल्लो समयमा अमिला जात फलफूलका बगैंचा रोग ग्रस्त छन् । त्यसको नकारात्मक असर सुन्तलाजात फलफूल उत्पादक किसानको आम्दानीमा परेको छ ।

स्वस्थ्य विरुवा उत्पादनका लागि आधुनिक नर्सरी प्रणाली र प्रविधिको आवश्यकता पर्ने भएपनि अमिलाजातका फलफूल खेतिलाइनै आम्दानीको मुख्य आधार बनाएका ग्रामिण किसान आफै उपयूक्त प्रविधीको प्रयोग गर्न नसक्ने भएकाले समस्या भएको धनकुटाका अगुवा किसान भरत गुरागाँईको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *