बारा प्रहरीद्वारा भन्सार छलेर ल्याउँदै गरेको चिनी बरामद

कोहलपुर, असोज २६,

बारा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको चिनी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया उप महानगरपालिका ६ बाट भन्सार छलेर चोरी पैठारी गरी नेपाल भित्र्याएको एक लाख ५० हजार मूल्य बराबरको १७ क्वीन्टल चिनीसहित बोरा सिलाउने मेसिन १ थान र विभिन्न चिनी उत्पादन कम्पनिको नाम उल्लेखित खाली बोरा २ सय थान बरामद गरेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

भन्सार छली नेपाल ल्याएर लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले चिनी बरामद गरि आवश्यक अनुसन्धानका लागि आज भन्सार कार्यालय विरगञ्ज पठाउने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *