बाँकेमा फौजी किराको प्रकोप

कोहलपुर, असोज २५,

कृषि ज्ञान केन्द्र बाँकेले फौजी किराको प्रकोप रोकथामका लागि धानबालीमा मट्टीतेल छर्किन, खेतमा पानी हाल्न र पाकेको धान काट्नका लागि सुझाव दिएको छ ।

जिल्लामा फौजी किराको प्रकोप बढेको पाईएपछि केन्द्रले अनुगमन गरेको थियो । फौजी किराले किसानको पाक्न लागेको धानबालीमा क्षति पु¥याएको किसानले बताएका छन् । फौजी किराको प्रकोप बढेको किसानको गुनासो आएपछि बुधबार कृषि ज्ञान केन्द्र र डुडुवा गाउँपालिकाका कृषि प्राविधिकहरुले किसानको धान खेतको अनुगमन समेत गरेका छन् ।कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार, डुडुवा गाउँपालिकाको हिरमिनिया र कम्दी तथा राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र बिनौनामा फौजी किराको बढी प्रकोप देखिएको छ ।

५ देखि ८० प्रतिशत किसानको धानबाली नोक्सान भएको केन्द्रले जनाएको छ । किसानहरुलाई आज कृषि ज्ञान केन्द्र बाँकेले फौजी किरा मार्नका लागि बिषादीसमेत दिएको छ । केही समय अघि पूर्वी नेपालका केही जिल्लामा फौजी किराले बाली नष्ट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *