दाउन्नेमा ट्रक ठोक्किएर पल्टिँदा यातायात सञ्चालनमा अवरोध

कोहलपुर, असोज १७,

नवलपरासीको दाउन्नेमा ट्रक ठोक्किएर पल्टिँदा यातायात सञ्चालनमा अवरोध पुगेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा ट्रक ठोक्किका हुन् । विनय त्रिवेणी गाउँपालिका–२, दाउन्नेको विश्वकर्मा मन्दिर नजिक बिहीबार राति ९ बजे दुई वटा भारतीय ट्रक एक आपसमा ठोक्किँदा दुईतर्फी नै यातायात अवरुद्ध भएको थियो ।

जसका कारण अहिले पनि दाउन्ने क्षेत्रमा दुवैतर्फ झण्डै पाँच–पाँच किलोमिटर गाडीको लाम लागेको छ । यूपी ५३ सी टी ९३२६ र यूपी ५३ जेजे १२३९ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा परेको एउटा ट्रकलाई सडकबाट हटाइए पनि २२ चक्के यूपी ५३ जेजे १२३९ नम्बरको ट्रक सडक छेउमै हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ ।

अहिले एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ । तर सडकमा यातायातको चाप धेरै हुँदा दुवैतर्फ गाडीको लामो लाइन लागेको छ । एकतर्फी रुपमा गाडी सञ्चालनका लागि समेत दुर्घटनामा परेको ट्रकका कारण समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *