खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

कोहलपुर, असोज १७,

दाङमा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ९ बाङेतालका १४ वर्षीया टीका घर्ती र घोराही १० नारायणपुरका १५ वर्षीया निरु बोहराको डुबेर मृत्यु भएको हो । बिहीबार बेलुकी ६ बजेतिर घर नजिकै रहेको सिमलसोता खोलामा नुहाउन गएको समयमा पौडी खेन्ले क्रममा उनीहरु डुबेका थिए ।

तत्कालै उद्धार गरी अस्पताल लगिए पनि लमही अस्पतालमा उपचारको क्रममा दुवैको बिहीबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पोस्ट मर्टमका लागि शव लमही अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *