कैदीकन्दिलाई गाउँपालिकाको खसी उपहार

कोहलपुर, असोज १७,

कारागार जुम्लाका कैदीबन्दीलाई पातारासि सरकारले खसी र बल उपहार दिएको छ ।

दसैँको अवसर पारेर पातारासि सरकारले विहिबार जिल्ला कारागार जुम्लामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र बल उपहार दिएको हो । विभिन्न घटनामा संलग्न भएर कानुन बमोजिम कारबाही भोगि रहेका भए पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वको समयमा सम्झिएको पातारासि गाउँपालिका जुम्लाका अध्यक्ष लछिमन बोहोराले बताए ।

कारागारका चौकिदार खाम्बा रावतलाई दुई वटा खसी, बल र मसलाको लागि चाहिने ३ हजार नगद रुपैँया दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *