सुनको मूल्य तोलको ६ सयले बृद्धि

कोहलपुर, असोज १६,

सुनको मूल्य आज तोलाको ६ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला र तेजाबी सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला ६९ हजार ८ सय कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर ८ सय ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *