चितवनमा स्क्रब टाइफसका कारण दुई जनाको ज्यान गयो

कोहलपुर, असोज १६,

चितवनमा स्क्रब टाइफसका कारण दुई जनाको ज्यान गएको छ ।

जिल्ला अस्पतालमा साउनयता उपचार गराउन पुगेकामध्ये दुई जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको जिल्ला अस्पताल चितवनले जनाएको हो । एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

अस्पतालमा उपचार गराउन आउनेमा चितवनसहित नवलपरासी, तनहुँ, गोर्खा, मकवानपुर, धादिङ्, रौतहट, बारालगायका रहेका छन् । स्क्रब टाइफसको जोखिम तराई क्षेत्रमा कायमै रहेकाले सचेत रहन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा.बासुदेव पाण्डेय आग्रह गर्नुभयो । स्क्रब टाइफसका कारण अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *