कपिलवस्तुका स्थानीय तहमा ३१ करोड बेरुजु

कोहलपुर, असोज १५,

कपिलवस्तुका १० स्थानीय तहमा ३१ करोड रुपैयाँ बेरुजु भएको छ ।

महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदनमा आर्थिक वर्ष २०७४÷७५ मा जिल्लाका १० स्थानीय तहको ३१ करोड ५२ लाख ४४ हजार रूपैयाँ बेरुजु देखिएको हो । कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका र बुद्धभूमी नगरपालिकामा सबैभन्दा बढी रकम बेरुजु रहेको छ ।

प्रतिवेदनमा कृष्णनगर नगरपालिकाको मात्र १२ करोड ३३ लाख १२ हजार रूपैयाँ, महाराजगञ्ज नगरपालिकाको ४ करोड ९१ लाख ८४ हजार रूपैयाँ बेरुजु देखिएको छ । यस्तै बुद्धभूमि नगरपालिकामा ३ करोड ८७ लाख ६१ हजार रुपैंया बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । नितिगत रुपमै निर्माण आयोजनामा ठेक्का लागीसकेपछि २० प्रतिशत रकम पेस्की नै दिने प्रावधान छ ।

सोही प्रावधान अनुसार ठेकेदार र कम्पनीहरूले पेश्की लगेको तर फच्र्योट नभएकाले अहिलेको महालेखाको प्रारम्भिक प्रतिवेदनमा बढी बेरुजु देखिएको हुनसक्ने धारणा अधिकांश पालिका प्रमुखहरुको भनाई रहेको परीक्षक कार्यलयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *