दशैको मुखमा भुक्तानी नहुदाँ नागरिक लाई सास्ती

कोहलपुर, असोज १५,

मुगुको छायाँनाथ रारा नगरपालिकामा अघिल्लो आर्थिक वर्षमा सञ्चालन गरिएका विकास निर्माणका योजनको भुक्तानी अहिलेसम्म नहुँदा नागरिकहरुलाई समस्या भएको छ ।

जनप्रतिनीधीहरुको आन्तरिक विवादका कारण अहिलेसम्म विकास निर्माणको काम सम्पन्न भएपनि नगरपालिकाले भूक्तानी नगरेको हो । आर्थिक वर्ष ०७४÷०७५ र ०७५÷०७६ मा सञ्चालित योजनाको नगरपालिकाले अनुगमन नगर्दा भुक्तानी हुन नसकेपछि समस्या भएको छ ।

विकास निर्माणका योजना सम्पन्न भए पछि आम्दानी भएको रकमले दशैं खर्च गर्ने सोचमा रहेका स्थानीयले कुनै पनि योजनामा काम गरेको भुक्तानी पाउन सकेका छैनन् । नगरका उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन गरिएपनि अनुगमन समितिले योजनाको अनुगमन नगर्दा भुक्तानी दिन नसकिएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *