जंगली भालुद्वारा बालीनाली नष्ट

कोहलपुर, असोज १५,

बाजुराको बुढीनन्दा नगरपालिकामा जंगली भालुले किसानहरुको अन्नबाली नष्ट गर्न थाले पछि किसानहरु चिन्तित भएका छन् ।

वडा नम्बर चारको घोडाकोटमा नजिकैको जंगल क्षेत्रबाट दिनहुँ आउने भालुले स्थानियले लगाएको धान, कोदो, मकै लगायतका अन्नबाली नष्ट गर्न थालेका छन् । दर्जनौंको संख्यामा भालु आउने र अन्न बाली सखाप गर्ने गरेको स्थानियले बताएका छन् ।

घोडाकोटका ९६ घरधुरी किसानमध्ये ४५ परिवारको बालीनाली जंगली भालुले नष्ट पारेको स्थानिय रोकायाको भनाई छ । भालु राति बालीमा छिर्ने र लखेट्न पनि डर लाग्ने भएकाले कुनै विकल्प नभएको किसानहरुले बताएका छन् । भालुले बाली सखाप पार्न थालेपछि आजित भएका उनीहरुले स्थानिय प्रहरी प्रशासनलाई गुहार माग्ने, वनका कर्मचारीलाई जानकारी गराउने निर्णय गरेको छ ।

भालुले बाली नष्ट पारे पछि स्थानियले उत्पादन घट्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *