फुटबल टिम अष्ट्रेलिया जाने

कोहलपुर, असोज १५,

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय फुटबल टोली बुधबार त्यसतर्फ जाने भएको छ ।

नेपाली टोली आज दिउँसो १ बजेपछि अष्ट्रेलिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । अष्ट्रेलिया जाने नेपाली टोलीलाई एन्फाले हिजो विदाइ गरेको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा खेल्नेछ ।

अष्ट्रेलियापछि नेपालले असोज २८ गते जोर्डनसँग खेल्नेछ । छनोटमा नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० को हार व्यहोरेको थियो । तर, दोस्रो खेलमा चाईनिज ताइपेलाई २–० ले हराएको थियो । अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *