फोरजी सेवा विस्तार हुँदै

कोहलपुर, असोज १५,

नेपाल टेलिकमको परियोजना फोरजी सेवा बुधबारदेखि विस्तार गरिने भएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर फोरजी सेवाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । टेलिकमले सबै महानगरपालिकासहित मुख्य मुख्य शहरमा फोरजी सेवाको विस्तार गर्दैछ ।

योसँगै इन्टरनेट सुविधा छिटो छरितो नहुँदा भएको समस्यामा कमी हुने टेलिकमले दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *