चीनमा कम्युनिस्ट शासन लागु भएको ७० वर्ष पूरा

कोहलपुर, असोज १४,

चीनको ७० औं राष्ट्रिय दिवसको अवसरमा मंगलबार भव्य सैनिक परेडको आयोजना भएको छ ।

कम्युनिस्ट शासन लागु भएको दिनलाई चीनमा राष्ट्रिय दिवसको रूपमा मनाउने गरिएको छ । चीनका कम्युनिस्ट विचारधाराका माओत्से तुंगले सन् १९४९ अक्टुबर १ तारिखका दिन चीनलाई गणराज्य घोषणा गर्नुभएको थियो ।

७० औं राष्ट्रिय दिवसको अवसरमा आज चीनको राजधानी बेइजिङको तिएनेन्मन स्क्वायरमा १५ हजार सैनिकले परेड प्रदर्शन गरीरहेका छन् । कार्यक्रममा चीनका राष्ट्रपति सी जिनफिङले देशको शक्ति, समृद्धि र वैभवको बारेमा चीनले गरेको काम र उपलब्धिका बारेमा सम्बोधन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *